आरपि उपाध्याय / नवलपुर, माघ १० कुडिया खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सुस्ता गाउँपालिका–२ को दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी अध्यक्ष कान्तिदेवी चौधरीको अध्यक्षता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। सो अवसरमा प्रमुख अतिथि उपाध्यायले मानव जीवनमा पानीको अत्यन्त ठूलो महत्व रहेको उल्लेख गर्दै पानीलाई सुरक्षित, स्वच्छ र सर्वसुलभ बनाउनेतर्फ सबै पक्षको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउनु हामी सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै शुद्ध खानेपानी व्यवस्थापनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। साधारणसभामा बाग्मती चिनी कारखानाका प्रतिनिधि सुरेन्द्र प्रसाद गुप्ता, समाजसेवी भूपनारायण चौधरी, रामप्रसाद चौधरीलगायतले खानेपानीको महत्वबारे आ–आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा समितिकी अध्यक्ष कान्तिदेवी चौधरीले अध्यक्षीय प्रतिवेदनसहित संस्थाको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको जानकारी दिइएको छ। हाल कुडिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा १७३ जना साधारण सदस्य रहेका छन् भने ११८ घरधुरीमा खानेपानीको धारा जडान गरिएको आयोजकले जानकारी गराएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।