एमालेको पोखरियामा अगुवा कार्यकर्ता भेला तथा बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पर्सा, माघ १०
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठक पोखरियामा सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखी आयोजित बैठकमा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालनबारे गम्भीर छलफल गरिएको थियो। सोही अवसरमा बृहत् पार्टी प्रवेश कार्यक्रम पनि सम्पन्न भएको छ।
क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष फर्मान मियाको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टीका शीर्ष तथा प्रभावशाली नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा नेकपा एमाले पर्सा–३ तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले पर्सा–३ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाको ऊर्जा, अनुभवको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका अघि सार्दै रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभयो।
कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य शिव पटेल, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, प्रदेशसभा सदस्य तथा पूर्व खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जैसवाल, पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, युवा नेता तथा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव, पूर्व सांसद हरिनारायण रौनियार, पूर्व सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल, बहदरमाई गाउँपालिकाकी उपप्रमुख सुषमा कुशवाहा, प्रदेश कमिटी सदस्य मन्तुरा देवी चौधरी, पोखरिया नगर कमिटी अध्यक्ष विनध्याचल ठाकुर, सचिव सन्तोष गिरीलगायत प्रदेश, जिल्ला, पालिका तहका पदाधिकारी तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। स्थानीय पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
पोखरिया स्थित नेकपा एमालेको पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस निकट तरुण दल पर्साका सचिव सन्तोष महतो, राष्ट्रिय मुक्ति पार्टीका सदाम हुसैनलगायत पोखरिया नगरपालिका वडा नम्बर–८, मननपुर निवासी खरदार मिया, औरन्जेव अंसारी, मयोनदिन मिया, रामनाथ सहनी, रामबाबु सहनी, मजिद राय, मोती मुखिया बिन, परशुराम मिश्रसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई एमालेका नेताहरूले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा नवप्रवेशी सन्तोष महतोलाई नेकपा एमालेले क्षेत्रीय युवा परिचालन कमिटीको संयोजकको जिम्मेवारीसमेत प्रदान गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि प्रभु हजराले पार्टीले अघि सारेका उम्मेदवारहरूको जित सुनिश्चित गर्न एकताबद्ध, अनुशासित र जनकेन्द्रित अभियानमा लाग्न निर्देशन दिनुभयो। उहाँले पर्सा–३ मा देखिएको जनसमर्थन र संगठनात्मक मजबुतीले एमालेको जित सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।
बैठकले पर्सा–३ मा एमालेको संगठनात्मक तयारी थप सशक्त बन्दै गएको संकेत गरेको छ। युवाको नेतृत्व, अनुभवी नेताहरूको मार्गदर्शन र जनताको बढ्दो भरोसासँगै रूपेश कुमार पाण्डेको उम्मेदवारीलाई परिवर्तन र स्थायित्वको प्रतीकका रूपमा हेरिएको छ।
कार्यक्रममा पूर्व संविधानसभा सदस्य तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन चौहानले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव सन्तोष गिरीले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot