अवधी पत्रकार संघ कपिलवस्तुको चौथो जिल्ला साधारण सभा सम्पन्न

कपिलवस्तु, माघ १०
अवधी पत्रकार संघ नेपाल, कपिलवस्तु शाखाको चौथो जिल्ला साधारण सभा अध्यक्ष मनिष गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष वसन्त गिरी, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुषाल, उपाध्यक्ष खगप्रसाद चापागाईं, अवधी पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष शनी उल्ला धोबी, केन्द्रीय सदस्य अंकुश श्रीवास्तव तथा अवधी पत्रकार संघ कपिलवस्तु शाखाका निवर्तमान अध्यक्ष निरहु यादवलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूको स्वागत जिल्ला उपाध्यक्ष अजय शाहनीले गर्नुभएको थियो।
साधारण सभामा कोषाध्यक्ष हनुमान पाण्डेयले संघको वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्नुभयो।


प्रमुख अतिथि नगर प्रमुख शाहले कृष्णनगर नगरपालिकाले हालसम्म उल्लेखनीय विकास कार्यहरू गरेको उल्लेख गर्दै सञ्चारकर्मीहरूको सुझावलाई आत्मसात् गर्दै समाज कल्याणका लागि काम गर्दै आएको बताउनुभयो। उहाँले नागरिकले आफ्नो अधिकार खोज्नु स्वाभाविक भए पनि कर्तव्य निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभयो। साथै तराई क्षेत्रमा विद्यार्थीको अनुपातअनुसार शिक्षक संख्या कम भएको भन्दै शिक्षा क्षेत्रमा असमानता रहेको उल्लेख गर्नुभयो। अन्त्यमा उहाँले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई मायाको चिनो स्वरूप उपहार प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव वृजेश यादवले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot