सरावल उद्योग वाणिज्य संघको आयोजनामा ३ दिने कृत्रिम बुके तालिम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी, ९ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा सरावल उद्योग वाणिज्य संघको आयोजनामा तीन दिने कृत्रिम बुके (फूल सजावट) तालिम सम्पन्न भएको छ।

तालिम समापन कार्यक्रम सरावल उद्योग वाणिज्य संघका अध्यक्ष शुसान्त शर्मा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले यस्ता सीपमूलक तालिमले स्थानीय महिलाहरू तथा युवालाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै सीप बिना आत्मनिर्भरता सम्भव नभएकाे बताउनु भयाे । यस्ता तालिमले घरमै बसेर आम्दानी गर्न सक्ने बाटो खोल्छन्, पालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नेछ,” गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो।

त्यसैगरी कार्यक्रममा सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजनले तालिमले सहभागीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता व्यवहारिक तालिमहरू सञ्चालन गरिने बताउनुभयो।

तीन दिनसम्म सञ्चालन गरिएको तालिममा १४ जना सहभागीहरूको सहभागिता रहेको थियो।

तालिमको सहजीकरण तथा प्रशिक्षण हेमवन्ती चौधरीले गर्नुभएको थियो। तालिममा कृत्रिम फूलबाट बुके, सजावट सामग्री निर्माण र बजार व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।
स्थानीयस्तरमै रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम सहभागीहरूले अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot