श्री गुरुकुल पन्ना मेमोरियल बोर्डिङ स्कुल १४औँ वर्षमा प्रवेश, श्रीपञ्चमीमा सांस्कृतिक तथा अक्षराम्भ

वीरगञ्ज, ९ माघ
वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित ड्राइपोर्ट नजिक रहेको श्री गुरुकुल पन्ना मेमोरियल बोर्डिङ स्कुलले १३ औँ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको अवसरमा श्रीपञ्चमीको शुभ दिन सांस्कृतिक तथा अक्षराम्भ (भर्ना) कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु बहादुर छत्कुलीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै उहाँले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयको भूमिका मात्र पर्याप्त नहुने बताउँदै अभिभावकको सक्रिय निगरानी उत्तिकै आवश्यक रहेको उल्लेख गर्नुभयो। बालबालिका के कस्ता विषयमा अध्ययन गरिरहेका छन् वा कुलततर्फ त आकर्षित भइरहेका छैनन् भन्ने कुरामा अभिभावक सचेत हुनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल मञ्जु राणाभाटले महिलाहरूले समाजमा केही गर्न सक्दैनन् भन्ने गलत धारणा तोड्दै शिक्षा क्षेत्रमा महिलाको नेतृत्व पनि सफल हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको बताउनुभयो। उहाँले विद्यालयलाई सबै धर्म, भाषा, संस्कृति र संस्कार समेट्ने एउटा साझा मन्दिरको रूपमा व्याख्या गर्दै शिक्षा नै समाज र राष्ट्र निर्माणको मूल आधार भएको धारणा राख्नुभयो।
“विद्यालयमा न जात छ, न धर्म, न संस्कृति—यहाँ सबैलाई अटाउने एउटै थलो हुन्छ,” उहाँले भन्नुभयो, “शिक्षामा सबैको साझा ध्यान आवश्यक छ।”
श्री गुरुकुल पन्ना मेमोरियल इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक गोपाल पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका अध्यक्ष तथा डाइरेक्टर मनोहर बहादुर क्षेत्री, प्रिन्सिपल विज्ञ पटेल, पत्रकार जगत राई, सञ्जय सिलवाल, श्रीराम शाहलगायतको विशेष उपस्थिति रहेको थियो।
वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरूले विभिन्न भाषा, धर्म र संस्कृतिसँग सम्बन्धित नृत्य तथा गायन प्रस्तुत गरी उपस्थित अभिभावक र अतिथिहरूको मन जितेका थिए। कार्यक्रमको स्वागत मन्तव्य प्रिन्सिपल मञ्जु राणाभाटले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक नागेश्वर यादवले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot