Rashtriya Dainik

नवलपरासी–२ मा २९ उम्मेदवारलाई चुनाव चिन्ह वितरण

अनिल बनिया / नवलपरासी, ९ माघ

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका स्वतन्त्र तथा विभिन्न राजनीतिक दलका उम्मेदवारले चुनाव चिन्ह प्राप्त गरेका छन्। निर्वाचन कार्यतालिकाअनुसार अन्तिम नामावली प्रकाशनसँगै शुक्रबार चुनाव चिन्ह वितरण गरिएको हो।
निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल २९ जना उम्मेदवार अन्तिम सूचीमा कायम भएका छन्। तीमध्ये १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी विभिन्न राजनीतिक दलका उम्मेदवार हुन्।
निर्वाचन अधिकृतले जानकारी दिनुभएअनुसार स्वतन्त्र उम्मेदवारलाई उनीहरूले रोजेको प्राथमिकताका आधारमा चुनाव चिन्ह प्रदान गरिएको हो। स्वतन्त्र उम्मेदवारले गिटार, टायर, जीप, ढिँकी, कैची, हेल्मेट, त्रिभुज, आप, क्यामरा, ग्यास चुलो, मुढा र चेसगोटी जस्ता चिन्ह पाएका छन्।
चुनाव चिन्ह प्राप्त गरेसँगै उम्मेदवारहरूले आफ्नो चिन्हसहित प्रचार–प्रसार गतिविधि तीव्र बनाउने तयारी थालेका छन्। यसैबीच निर्वाचन आयोगले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।
नवलपरासीमा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि थप चहलपहलपूर्ण बन्दै गएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित