काठमाडौं ,९ माघ नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ। संयोजक चौधरीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। सर्वोच्चले उक्त रिटको पेसी आउँदो आइतबारका लागि तोकेको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराउनुभएका चौधरीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले बिहीबार खारेज गरेको थियो। चौधरीले टीकापुर घटनासम्बन्धी मुद्दामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाउनुभएको थियो। तर प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जन्मकैदको सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था रहेकाले सोही आधारमा उम्मेदवारी खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको छ। अब यस विषयमा सर्वोच्च अदालतको निर्णयले चौधरीको उम्मेदवारीबारे कानुनी स्पष्टता दिने अपेक्षा गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।