Rashtriya Dainik

पश्चिम क्षेत्रमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,९ माघ।

पश्चिम क्षेत्रमा मौसम बदली भएसँगै आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षा हुनसक्नेछ। यस्तै, बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा पनि हिमपात र वर्षाको सम्भावना रहेको छ।
यी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित असिना पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। पूर्वी क्षेत्रतर्फ कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा हुनसक्ने पूर्वानुमान छ।
सम्भावित मौसमी गतिविधिले जनजीवन, स्वास्थ्य र पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यद्यपि, यस वर्षको हिउँदे वर्षा तथा हिमपातले उच्च हिमाली क्षेत्रसहित अन्य स्थानमा सकारात्मक राहत पुग्ने मौसमविद्को भनाइ छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित