निर्वाचन अवधिभर सरकारी कर्मचारीलाई पोष्ट सेयर, लाइक र कमेन्टमा प्रतिबन्ध

काठमाडौं ,९ माघ

निर्वाचनलाई लक्षित गतिविधिमा संलग्न हुन नपाइने व्यवस्था अनुसार कास्कीमा सरकारी कर्मचारीले सामाजिक सञ्जालमा निर्वाचन लक्षित पोष्ट सेयर गर्न, लाइक गर्न तथा कमेन्ट गर्न नपाउने भएका छन्। निर्वाचन अवधिभर यस्तो गतिविधि गर्न पूर्ण प्रतिबन्ध लगाइएको हो।
कास्कीमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई उक्त प्रतिबन्ध लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
बरालका अनुसार ‘निर्वाचन आचारसंहिता २०८२’ ले सरकारी कर्मचारीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निर्वाचन प्रचार–प्रचारमा सहभागी हुन रोक लगाएको छ। “लाइक र कमेन्ट गर्नु पनि निर्वाचनको पक्ष वा विपक्षमा उभिनु जस्तै हो,” उनले भने, “त्यसैले निर्वाचन लक्षित सामग्रीमा लाइक र कमेन्ट गर्न पनि पाइँदैन।”
निजामती सेवा ऐनले समेत सरकारी कर्मचारीलाई राजनीतिमा सहभागी हुन नपाइने व्यवस्था गरेको उल्लेख गर्दै बरालले निर्वाचनको निष्पक्षता कायम राख्न सामाजिक सञ्जाल गतिविधिमा कडाइ गरिएको बताए।
निर्वाचन आचारसंहिताको उल्लङ्घन भए कानुनअनुसार कारबाही हुने समेत प्रशासनले चेतावनी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot