पर्सा, ८ माघ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका युवा नेता टेकबहादुर शाक्य चुनावी अभियानअन्तर्गत आफ्नै निर्वाचन क्षेत्रमा मतदातासँग प्रत्यक्ष भेटघाट र भलाकुसारीमा सक्रिय देखिएका छन्। शाक्यले बिहानैदेखि आफ्नो सम्पर्क कार्यालयमा स्थानीय मतदातासँग शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकासलगायत समसामयिक विषयमा छलफल गरेका छन्। भेटघाटका क्रममा स्थानीय बासिन्दाले क्षेत्रको दीर्घकालीन विकास, युवाको रोजगारी र सुशासनका विषयमा आफ्ना धारणा तथा अपेक्षा राखेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएपछि शाक्यप्रति आम नागरिकको भरोसा बढ्दै गएको स्थानीयको भनाइ छ। विगतमा विभिन्न दलका उम्मेदवार निर्वाचित भए पनि अपेक्षित विकास हुन नसकेको गुनासो गर्दै मतदाताहरूले यसपटक नयाँ सोच, इमानदार र सक्रिय नेतृत्वको आवश्यकता औँल्याएका छन्। युवामैत्री सोच, जनतासँग प्रत्यक्ष संवाद र परिणाममुखी कार्यशैलीका कारण शाक्य पर्सा–४ का मतदाताबीच आशा र भरोसाको पात्रका रूपमा उदाएका छन्। विशेषगरी स्थानीय युवाहरूले उनलाई सकारात्मक परिवर्तनको प्रतीक र प्रेरणादायी नेतृत्वका रूपमा लिएको प्रतिक्रिया दिएका छन्। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार शाक्यले मतदाता भेटघाट, जनसंवाद र घरदैलो अभियानलाई अझ तीव्र बनाउने बताएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।