नवलपरासीका दुई क्षेत्रमा कांग्रेस विवाद टुंगियो, थापा र घिमिरे आधिकारिक

राष्ट्रिय दैनिक /नवलपरासी ,८ माघ

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ र पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसभित्र देखिएको उम्मेदवारी विवाद अन्ततः टुंगिएको छ। एउटै क्षेत्रमा कांग्रेसबाट देवेन्द्रराज कँडेल र भीमबहादुर थापा (भरत) दुवैले आधिकारिक टिकट दाबी गर्दै उम्मेदवारी दर्ता गराएपछि उत्पन्न अन्योल निर्वाचन आयोगको निर्णयसँगै समाप्त भएको हो।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा सबैभन्दा पहिले पुगेर उम्मेदवारी दर्ता गराएका भीमबहादुर थापाको मनोनयनलाई आयोगले आधिकारिक ठहर गरेको छ। थापाभन्दा पछि उम्मेदवारी दर्ता गराएका देवेन्द्रराज कँडेलको मनोनयन भने दर्ता नम्बरसमेत नदिई क्रमसंख्यामा मात्र राखिएको थियो।

आयोगले उम्मेदवारी दर्ताको समय र प्रक्रिया आधार मानेर निर्णय गरेपछि कँडेलको उम्मेदवारी औपचारिक रूपमा रद्द गरिएको हो।
कँडेल नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री हुनुहुन्छ। सातौँ पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहनुभएका कँडेल यसअघि २०५१, २०५६ र २०७४ सालको निर्वाचनमा विजयी हुनुभएको थियो। तर २०६४, २०७० र २०७९ सालको निर्वाचनमा उहाँ पराजित हुनुभएको थियो।

२०७९ मा राप्रपाका ध्रुवबहादुर प्रधानसँग पराजित भएपछि पुनः चुनावी मैदानमा फर्किने तयारीमा रहनुभएका कँडेल यसपटक उम्मेदवारी दर्तामै चुक्नुभएको छ।

आधिकारिक उम्मेदवार भीमबहादुर थापा सुनवल नगरपालिकाका पूर्व मेयर हुनुहुन्छ। आयोगको निर्णयसँगै कांग्रेस नवलपरासी–२ मा उम्मेदवारको विषयमा देखिएको अन्योल समाप्त भएको छ।

यसैगरी पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर–१ मा पनि नेपाली कांग्रेसभित्र देखिएको दोहोरो उम्मेदवारी विवाद टुंगिएको छ। बालकृष्ण घिमिरे र गजेन्द्र आले मगरले एउटै क्षेत्रमा उम्मेदवारी दर्ता गराएपछि उत्पन्न विवादमा आयोगले बालकृष्ण घिमिरेलाई कांग्रेसको आधिकारिक उम्मेदवार कायम गरेको छ।
दुई निर्वाचन क्षेत्रमा देखिएको उम्मेदवारी विवाद समाधान भएसँगै नेपाली कांग्रेस अब संगठन सुदृढीकरण र चुनावी अभियानमा केन्द्रित हुने देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot