३ हजार ४८७ उम्मेदवारको मनोनयन, ५ जनाविरुद्ध उजुरी

काठमाडौं ,८ माघ

हिजो (बुधबार) दिउँसोदेखि निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारका मनोनयनपत्र तथा उजुरीबारे जाँचबुझ सुरु गरेको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी का अनुसार, आज साँझ ५ बजेपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ।
आज मनोनयनपत्र तथा उजुरीबारे आवश्यक जाँचबुझ र निर्णय गरी उम्मेदवारको नामावली प्रकाशित गरिने कार्यक्रम रहेको छ। प्रारम्भिक नामावली ५ बजेदेखि ७ बजेसम्म प्रकाशित हुने तय कार्यक्रम छ।
उम्मेदवारले आवश्यक परे माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था तोकिएको छ। त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशित गरिने छ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम राखिएको आयोगले जनाएको छ।
आयोगमा प्राप्त जानकारीअनुसार देशभरबाट ३०८९ पुरुष, ३९६ महिला र १ तेस्रो लिङ्गी गरी कुल ३४८७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
यीमध्ये सुनसरी–२, रौतहट–१, भक्तपुर–२ (दुई जना) र कैलाली–१ गरी चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ। उजुरी परेका उम्मेदवारमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हाल जाँचबुझ जारी रहेको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot