राष्ट्रिय दैनिक / नवलपरासी , ७ माघ लुम्बिनी प्रदेश सरकारले वसन्त पञ्चमी (श्रीपञ्चमी) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १४ मा प्रकाशित सूचनाअनुसार शुक्रबार सार्वजनिक बिदा रहने जनाएको हो। प्रदेश सचिव लोकबहादुर सुनारका अनुसार वसन्त पञ्चमी (श्रीपञ्चमी) परेकाले लुम्बिनी प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्। सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको प्रदेश सरकारले स्पष्ट पारेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।