कांग्रेसलाई कांग्रेससँगै भिडाउने गगन थापाको राजनीति, नवलपरासीमा दोहोरो टिकटको विस्फोट

उमेश बि.क / नवलपरासी ,७ माघ

नेपाली काँग्रेसभित्रको आन्तरिक द्वन्द्वले खतरनाक मोड लिँदै गएको छ। एउटै निर्वाचन क्षेत्रमा एउटै पार्टीबाट दुई–दुई जनाको उम्मेदवारी दर्ता भएपछि कांग्रेस आफैं आफैंसँग टकराव सृजना भएको छ, जसले राष्ट्रिय राजनीतिमै गम्भीर सन्देश दिएको छ।

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले पूर्व मन्त्री देबेन्द्रराज कण्डेललाई आधिकारिक उम्मेदवारका रूपमा सार्वजनिक गरिसकेको थियो। तर टिकट सार्वजनिक भइसकेपछि पनि पूर्व मेयर भिमबहादुर थापा (भरत) ले केन्द्रीय सदस्य राधेश्याम पाठकलाई प्रस्तावक र क्षेत्र नम्बर २ ‘क’ का क्षेत्रीय सभापति यमप्रसाद भुषाललाई समर्थक बनाएर चुपचाप निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएपछि नवलपरासी कांग्रेसमा ठूलो हलचल मच्चिएको हो।

यस घटनाले ‘आधिकारिक उम्मेदवार को ?’ भन्ने प्रश्नलाई झनै गहिरो बनाएको छ। पार्टीको केन्द्रले एक जनालाई टिकट दिएको भनिरहँदा, स्थानीय तथा केन्द्रीय तहका जिम्मेवार नेताहरूको संलग्नतामै अर्को उम्मेदवारी दर्ता हुनु कांग्रेसको संगठनात्मक अनुशासनमाथि ठाडो चुनौतीका रूपमा हेरिएको छ।

यति मात्र होइन, पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा पनि नेपाली काँग्रेसबाट बालकृष्ण घिमिरे र गजेन्द्र आले मगरले एउटै क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन्। लगातार दुई निर्वाचन क्षेत्रमा देखिएको दोहोरो उम्मेदवारीले कांग्रेसभित्र नेतृत्व संकट गहिरिँदै गएको स्पष्ट संकेत गरेको छ।
सार्वजनिक रूपमा ‘सुझबुझ भएका’ र ‘डाइनामिक लिडर’ को छवि बनाइँदै आएका सभापति गगन थापाको नेतृत्वशैलीमाथि पार्टीभित्रैबाट गम्भीर प्रश्न उठ्न थालेका छन्। नेताहरूलाई एकताबद्ध बनाउनेभन्दा पनि नेता–नेता र नेता–कार्यकर्ताबीच टकराव सिर्जना हुने निर्णयहरू किन र कसरी भइरहेका छन् भन्ने प्रश्न अहिले कांग्रेसको केन्द्रीय नेतृत्वतर्फ तेर्सिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार सक्षम नेतृत्वले यस्ता विवाद समयमै समाधान गर्नुपर्ने हो। तर एउटै पार्टीबाट दुई–दुई जनालाई टिकट र उम्मेदवारी दिनु “सक्षम सभापतिबाट असक्षम क्रियाकलाप” भएको टिप्पणी कांग्रेसभित्र खुलेआम हुन थालेको छ। यसले कांग्रेस अहिले यस्तो अवस्थामा पुगेको देखिन्छ, जहाँ कसैले कसैको नेतृत्व स्वीकार नगर्ने परिस्थिति बन्दै गएको छ।
यसैबीच नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको उम्मेदवारको आधिकारिकता सम्बन्धी विवाद भोलिसम्म टुंगो लाग्ने बताइएको छ। तर ढिलाइ हुँदै गएका निर्णय र स्पष्टताविहीन नेतृत्वले कांग्रेसलाई चुनावी फाइदाभन्दा ठूलो राजनीतिक क्षतितर्फ धकेल्ने खतरा बढ्दै गएको छ।
प्रश्न अझै अनुत्तरित छ—
नेपाली काँग्रेसलाई एकताबद्ध बनाउने नेतृत्व कहाँ छ,
कि कांग्रेसलाई कांग्रेससँगै लडाउने यही शैली नै अबको राजनीतिक यथार्थ हो ?

कांग्रेसलाई एकजुट बनाउने सभापति चाहिएको हो कि, कांग्रेसलाई कांग्रेससँगै लडाउने नेतृत्व?

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot