Rashtriya Dainik

पश्चिम नवलपरासी–२ मा उम्मेदवारीविरुद्ध दाबी–विरोध शून्य

बिनोद निगम / नवलपरासी , ७ माघ

पश्चिम नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा दर्ता भएका उम्मेदवारविरुद्ध तोकिएको समयसीमाभित्र कुनै पनि दाबी–विरोध परेको छैन।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपरासी (पश्चिम) क्षेत्र नं. २ का अनुसार दिउँसो ३ बजेसम्म उम्मेदवारीविरुद्ध कुनै उजुरी दर्ता नभएको हो।
निर्वाचन कार्यालयले सबै उम्मेदवारको मनोनयन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
यद्यपि नेपाली काँग्रेसबाट एउटै निर्वाचन क्षेत्रमा दोहोरो उम्मेदवारी परेको विषयमा भने निर्णय हुन बाँकी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। उक्त विषय कानुनी र प्रक्रियागत आधारमा टुंग्याइने कार्यालयको भनाइ छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित