Rashtriya Dainik

पर्सा क्षेत्र १ मा नेकपा एमालेबाट पुर्व मन्त्री प्रदिप यादवले उम्मेदवारी दर्ता

मंगलबार पार्टीका नेता कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा  जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर  उम्मेदवार दर्ता गराएका हुन्।

मधेस अन्दोलनबाट राजनितीकमा उडाएका युवा नेता यादव दुई पटक सासंद र तीन पटक मन्त्री बनेका छन्।जनता समाजबादी पार्टी ०७४/०७९ सालको निर्वाचनमा लगाएतार दुई पटक जित हासिल गरेका थिए।

उनी गत आईतबार नेकपा एमाले प्रबेस गरेका हुन्।

पुर्व मन्त्री यादव र नेपाली काग्रेस उम्मेदवार अनिल रुगटा बिच कडा प्रतिस्पर्धा हुने आकलन गरेको छ।

 व्यापारी पुष्टि भूमीबाट राजनीतीकमा आएका रुग्टा ०७९ सालमा  समानुपातिक कोटा बाट सासंद बनेका थिए।

०७४ सालको निर्वाचनमा ६ हजार भन्दा बढि मतान्तरले हराउदै  यादव सासंदमा निर्वाचित भएका थिए।

पर्सा क्षेत्र नम्बर १ का मतदाताहरुको अनुसार तत्कालीन खानेपानी मन्त्री समेत रहेका यादवले तराईमा पानीको संकट रहेको बेलामा आफ्नो क्षेत्रको हरेक  घरघरमा खानेपानी तथा डिप बोरिङ्ग जडान गरि खाने पानी उपलब्ध गराए देखि शिक्षा, सडक र नाला जस्ता बिकास कार्य गुणस्तरीय गरेकोले जित निश्चित रहेको बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित