मंगलबार पार्टीका नेता कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन्। मधेस अन्दोलनबाट राजनितीकमा उडाएका युवा नेता यादव दुई पटक सासंद र तीन पटक मन्त्री बनेका छन्।जनता समाजबादी पार्टी ०७४/०७९ सालको निर्वाचनमा लगाएतार दुई पटक जित हासिल गरेका थिए। उनी गत आईतबार नेकपा एमाले प्रबेस गरेका हुन्। पुर्व मन्त्री यादव र नेपाली काग्रेस उम्मेदवार अनिल रुगटा बिच कडा प्रतिस्पर्धा हुने आकलन गरेको छ। व्यापारी पुष्टि भूमीबाट राजनीतीकमा आएका रुग्टा ०७९ सालमा समानुपातिक कोटा बाट सासंद बनेका थिए। ०७४ सालको निर्वाचनमा ६ हजार भन्दा बढि मतान्तरले हराउदै यादव सासंदमा निर्वाचित भएका थिए। पर्सा क्षेत्र नम्बर १ का मतदाताहरुको अनुसार तत्कालीन खानेपानी मन्त्री समेत रहेका यादवले तराईमा पानीको संकट रहेको बेलामा आफ्नो क्षेत्रको हरेक घरघरमा खानेपानी तथा डिप बोरिङ्ग जडान गरि खाने पानी उपलब्ध गराए देखि शिक्षा, सडक र नाला जस्ता बिकास कार्य गुणस्तरीय गरेकोले जित निश्चित रहेको बताएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।