धनुषा–३ बाट पत्रकार दिवाकर साहको स्वतन्त्र उम्मेदवारी दर्ता

धनुषा, ६ माघ
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पत्रकार दिवाकर साहले धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। साहले आज निर्वाचन आयोगको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै साहले दलगत राजनीतिभन्दा बाहिर रहेर जनताको वास्तविक मुद्दा संसदमा उठाउने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो। उहाँका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन आफ्ना प्रमुख एजेन्डा रहनेछन्।
“धनुषा–३ का नागरिक वर्षौंदेखि आधारभूत समस्याबाट पीडित छन्। ती समस्याको समाधानका लागि जनताकै आवाज बनेर संसदमा पुग्न चाहन्छु,” साहले भन्नुभयो।
लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका साहले स्थानीय तथा राष्ट्रिय मुद्दामा निरन्तर कलम चलाउँदै आएका छन्। उनको उम्मेदवारीले धनुषा–३ मा वैकल्पिक राजनीतिक बहस सुरु हुने अपेक्षा गरिएको छ।


यसपटक धनुषा क्षेत्र नम्बर–३ मा विभिन्न राजनीतिक दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारको उपस्थितिले निर्वाचन प्रतिस्पर्धा थप रोचक र चासोपूर्ण बन्ने देखिएको छ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया तोकिएको कार्यतालिकाअनुसार शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot