पर्सा क्षेत्र नं. ४ मा २४ जनाद्वारा प्रतिनिधि सभा उम्मेदवारी दर्ता, ११ स्वतन्त्र

राजन कुमार बानिया /पर्सा, ६ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत धोबिनी गाउँपालिका–४ लंगडीस्थित निर्वाचन कार्यालयमा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन कार्यालय प्रमुख नुतन झाले जानकारी दिनुहुँदै २४ उम्मेदवारमध्ये १३ जनाले राजनीतिक दलमार्फत र ११ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताउनुभयो। उम्मेदवारी दर्ता गराउनेमध्ये ६ जना महिला र १८ जना पुरुष रहेका छन्।
प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट रमेश रिजाल उम्मेदवार रहेका छन्। उनी अघिल्लो निर्वाचनमा पनि सांसद निर्वाचित भएका थिए। नेपाल कम्युनिस्ट पार्टीबाट जालिम मियाँ उम्मेदवार रहेका छन्, जो विगतको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर साक्य, नेपाल कम्युनिस्ट पार्टीबाट जयप्रकाश थारु, जनता समाजवादी पार्टी नेपालबाट कृपासिन्धु चौधरी, नेपाल जनता पार्टीबाट पूर्व प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा उम्मेदवार बनेका छन्।
जनमत पार्टीबाट सीमा देवी कलवार, आम जनता पार्टीबाट इमदाद गदी सुगा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शान्त कुमार जोशी, नेपाल किसान मजदुर पार्टीबाट साहेब मियाँ, श्रम सांस्कृतिक पार्टीबाट विपण, बिपुल फ्रन्ट पार्टीबाट फिरोज अंसारी तथा उज्यालो नेपाल पार्टीबाट विनोद प्रसादले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, ११ जना स्वतन्त्र उम्मेदवारले पनि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालय प्रमुख नुतन झाले शान्तिपूर्ण, सभ्य र भव्य वातावरणमा निर्वाचन कार्यालयबाट प्रदान गरिएको टोकन प्रणालीमार्फत पालैपालो उम्मेदवारी दर्ता गरिएको जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot