काङ्ग्रेस छोडेका नेता रास्वपा गरे कब्जा : खनाल र गुप्ता चुनावी रणभूमिमा

राष्ट्रिय दैनिक / नवलपरासी ,६ माघ

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ र २ मा राजनीतिक हलचल बढेको छ। पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेपाली कांग्रेसभित्रको असन्तुष्टि सतहमा देखिन थालेको छ।

कांग्रेसबाट टिकट नपाएका प्रभावशाली नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेपछि कांग्रेस संगठनमै गम्भीर प्रश्न उठ्न थालेको छ।

दिनरात संगठन निर्माणमा खटिएका रास्वपा कार्यकर्ताको बलमा चुनावी तयारी गरिरहेको रास्वपाले यसपटक कांग्रेस पृष्ठभूमिका असन्तुष्ट नेताहरूलाई उम्मेदवार बनाएपछि राजनीतिक तरंग झनै चर्किएको छ।

कांग्रेसमा टिकट नपाएपछि रास्वपामा प्रवेश गरेका नेताहरू अहिले प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन्।

कांग्रेस लुम्बिनी प्रदेशका निवर्तमान महामन्त्री तथा संविधानसभा सदस्य विक्रम खनाल रास्वपाबाट पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका छन्। कांग्रेसभित्र प्रभावशाली नेताका रूपमा चिनिएका खनाल २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसबाट विजयी भएका थिए।

खनालले २०७९ को निर्वाचनमा टिकट नपाएपछि आफ्नै पार्टीका उम्मेदवारलाई हराउन खोजेको आरोप खेप्नुपरेको थियो। सोही आरोपमा गरिएको पार्टी कारबाही केही दिनअघि मात्र फुकुवा भए पनि उनले अन्ततः कांग्रेस छोड्दै रास्वपाबाट उम्मेदवारी घोषणा गरेका हुन्। २०७४ सालमा निर्वाचन क्षेत्र नम्बर १(क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका खनाल पराजित भएका थिए।

उता पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाले रामग्राम नगरपालिकाका पूर्व मेयर नरेन्द्रकुमार गुप्ता लाई उम्मेदवार बनाएको छ। गुप्ता २०७४ सालमा नेपाली कांग्रेसबाट रामग्राम नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। पार्टीले २०७९ सालमा पुनः मेयरको टिकट दिए पनि उनी पराजित भएका थिए।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा स्थापित नेताहरू नै पार्टी छोड्दै रास्वपाबाट उम्मेदवार बन्न थालेपछि पश्चिम नवलपरासीमा कांग्रेसको आन्तरिक व्यवस्थापन र टिकट वितरणप्रति गम्भीर असन्तोष देखिएको छ। यसले आगामी निर्वाचनमा कांग्रेसलाई ठुलो राजनीतिक क्षति पुग्ने संकेतसमेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
कांग्रेसका लागि चुनौती बढ्दै जाँदा रास्वपाले भने असन्तुष्ट कांग्रेस नेताहरूलाई समेट्दै चुनावी मैदानमा आक्रामक उपस्थिती जनाइरहेको देखिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot