Rashtriya Dainik

गगनकुमार थापा सर्लाही–४ बाट प्रतिनिधि सभा उम्मेदवार बन्ने

काठमाडौं ,६ माघ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवार बन्ने भएका छन्।

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिन निश्चित भएका हुन्। यद्यपि पार्टीले समग्र उम्मेदवारहरूको टिकट वितरण प्रक्रिया अझै औपचारिक रूपमा टुंग्याएको छैन।
विश्लेषकहरूका अनुसार थापाको उम्मेदवारीले सर्लाही–४ को चुनावी प्रतिस्पर्धामा थप उत्साह र हलचल ल्याउने अनुमान छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित