नवलपरासी पश्चिम–२ मा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी तीव्र

बिनोद निगम / नवलपरासी , ६ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। प्रमुख राजनीतिक दलहरूले उम्मेदवार सार्वजनिक गरेसँगै राजनीतिक गतिविधि उल्लेख्य रूपमा बढेका हुन्।
प्राप्त विवरणअनुसार नेपाली कांग्रेसबाट देवेन्द्रराज कँडेल उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनु भएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नरेन्द्रकुमार गुप्ता उम्मेदवारी दिने तयारीमा रहेका छन्।
यसैबीच नेकपा (एमाले) ले नवलपरासी पश्चिम–२ मा उम्मेदवार परिवर्तन गर्दै चुनावी रणनीतिमा नयाँ मोड दिएको छ।

यसअघि भगवती यादवलाई दिइएको टिकट फिर्ता गरी पार्टीले लेखनाथ खरेललाई उम्मेदवार बनाएको हो। टिकट परिवर्तनका विषयमा विभिन्न कारण बाहिर आएका छन्। स्थानीय स्रोतका अनुसार नेता बैजनाथ चौधरीको असन्तुष्टिका कारण पार्टीभित्र दबाब सिर्जना भएको बताइन्छ भने अर्कोतर्फ भगवती यादव (रुदल) आफ्ना बुवाको उपचारका लागि भारत गएकाले उम्मेदवारी प्रक्रियामा सक्रिय हुन नसकेको जनाइएको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधान, जनता समाजवादी पार्टी (जसपा) बाट देवेन्द्र पौडेल र रामवचन यादव उम्मेदवारका रूपमा अघि सरेका छन्।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रको निर्वाचन यसपटक निकै रोचक र बहुपक्षीय हुने संकेत देखिएको छ। ठूला दलसँगै नयाँ राजनीतिक शक्तिहरूको उपस्थितिले मतदातामाझ उत्साह र चासो बढाएको उनीहरूको भनाइ छ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज मनोनयन दर्ताको दिन रहेको छ। मनोनयन प्रक्रिया सम्पन्न भएपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक हुने र त्यसपछि नवलपरासी पश्चिम–२ को चुनावी समीकरण अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot