Rashtriya Dainik

नवलपरासी पश्चिम–२ मा चुनावी सरगर्मी चुलिँदै, बहुपक्षीय प्रतिस्पर्धा रोचक

बिनोद निगम / नवलपरासी, ६ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी माहोल तातिँदै गएको छ। विभिन्न राजनीतिक दलहरूले आफ्ना उम्मेदवार सार्वजनिक गरेसँगै राजनीतिक गतिविधि तीव्र बनेका छन्।
प्राप्त विवरणअनुसार नेपाली कांग्रेसबाट देवेन्द्र राज कण्डेल उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नरेन्द्र कुमार गुप्त ले उम्मेदवारी दिने तयारी गरेका छन्।
यसैगरी, नेकपा (एमाले) बाट भगवती प्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधान, र जनता समाजवादी पार्टी (जसपा) बाट देवेन्द्र पौडेल तथा रामवचन यादव उम्मेदवारका रूपमा अघि सरेका छन्।
स्थानीय राजनीतिक जानकारहरूका अनुसार यसपटक नवलपरासी पश्चिम–२ को चुनावी प्रतिस्पर्धा निकै रोचक र बहुपक्षीय हुने देखिन्छ। ठूला दलसँगै नयाँ राजनीतिक शक्तिहरूको सक्रिय उपस्थितिले मतदातामाझ उत्सुकता थपिएको छ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक हुनेछ। त्यसपछि मात्र नवलपरासी पश्चिम–२ को चुनावी समीकरण स्पष्ट रूपमा देखिने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित