कांग्रेसका पूर्वमेयर नरेन्द्र गुप्ता रास्वपाको उम्मेदवार, नवलपरासी–२ मा नयाँ राजनीतिक मोड

बिनोद निगम | नवलपरासी ,६ माघ

पश्चिम नवलपरासीकाे निर्वाचन क्षेत्र नम्बर–२ को राजनीतिक समीकरण फेरिँदै गएको छ। रामग्राम नगरपालिकाका पूर्व मेयर नरेन्द्र कुमार गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेसँगै उक्त क्षेत्रमा चुनावी प्रतिस्पर्धा नयाँ मोडमा प्रवेश गरेको छ।

नेपाली कांग्रेसबाट २०७४ सालमा रामग्राम नगरपालिकाको मेयरमा निर्वाचित भएका गुप्ता स्थानीय तहमा विकास, सुशासन र सेवा प्रवाहका सवालमा सक्रिय भूमिका निर्वाह गर्ने नेताका रूपमा चिनिन्छन्। कांग्रेसले २०७९ सालको स्थानीय तह निर्वाचनमा पुनः मेयरको टिकट दिए पनि उनी पराजित भएका थिए।

रास्वपाले पुराना राजनीतिक अभ्यासबाट असन्तुष्ट मतदातालाई लक्षित गर्दै अनुभवी, स्थानीय जनसमर्थन भएका गुप्तालाई उम्मेदवार बनाएको जनाएको छ। गुप्ताको उम्मेदवारीसँगै नवलपरासी–२ मा परम्परागत दल र वैकल्पिक शक्तिबीचको प्रतिस्पर्धा अझ चर्किने देखिएको छ।

पूर्वमेयरको अनुभव, कांग्रेस पृष्ठभूमि र रास्वपाको परिवर्तनकारी एजेन्डाले गुप्तालाई कति प्रभावकारी बनाउँछ भन्ने प्रश्नसँगै नवलपरासी–२ को चुनावी माहोल दिनदिनै तातिँदै गएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot