Rashtriya Dainik

नवलपरासीमा नेकपाको उम्मेदवार घोषणा, बुढाथोकी र पौडेल चुनावी दौडमा

राष्ट्रिय दैनिक /नवलपरासी ,५ माघ

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले नवलपरासीका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।
पार्टीको निर्णयअनुसार निर्वाचन क्षेत्र नं. १ बाट सिन्धु जलेसा बुढाथोकी र निर्वाचन क्षेत्र नं. २ बाट देवेन्द्र पौडेल उम्मेदवार बन्ने भएका छन्।
पार्टी नेतृत्वले संगठन सुदृढीकरण, जनजीविकाका सवाल र स्थानीय मुद्दालाई प्राथमिकतामा राख्दै उम्मेदवार छनोट गरिएको जनाएको छ। उम्मेदवारहरूले जनताको पक्षमा वैकल्पिक राजनीतिको सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवलपरासीमा प्रतिस्पर्धा चर्किंदै गइरहेका बेला नेकपाले उम्मेदवार सार्वजनिक गरेसँगै चुनावी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित