राष्ट्रिय दैनिक /नवलपरासी , ५ माघ। नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी पश्चिमका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले निर्वाचन क्षेत्र नम्बर १ बाट रामप्रसाद पाण्डे र क्षेत्र नम्बर २ बाट भगौती यादवलाई उम्मेदवारका रूपमा अगाडि सारेको हो। क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका भगौती यादव हाल जिल्ला समन्वय समिति नवलपरासी पश्चिमका सभापति हुन्। जिल्लास्तरमा प्रभावशाली नेताका रूपमा चिनिएका यादव संगठन मजबुत बनाउने र विकासका मुद्दालाई प्राथमिकतामा राख्दै चुनावी प्रतिस्पर्धामा होमिएका छन्। त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार चयन भएका रामप्रसाद पाण्डे सुस्ता गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्। स्थानीय तहको नेतृत्व गरिसकेका पाण्डे विकास, सुशासन र जनउत्तरदायी नेतृत्वका कारण परिचित मानिन्छन्। एमालेले दुवै क्षेत्रमा अनुभवी, संगठनमा पकड भएका र जनआधार बलिया उम्मेदवार अघि सारेर नवलपरासी पश्चिममा आफ्नो शक्ति प्रदर्शन गर्ने रणनीति अपनाएको देखिन्छ। उम्मेदवार टुंगिएसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ भने एमाले कार्यकर्ता उत्साहित बनेका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।