“पश्चिम नवलपरासी–२: देबेन्द्रराज कण्डेलले पाए कांग्रेसको टिकट”

उमेश बि.क / नवलपरासी, ५ माघ

नेपाली कांग्रेसले पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्व गृहराज्यमन्त्री तथा निवर्तमान केन्द्रीय सदस्य देबेन्द्रराज कँडेललाई प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष उम्मेदवारको रूपमा आधिकारिक टिकट प्रदान गरिएको छ।

कांग्रेस संसदीय बोर्डको बैठकले आगामी माघ २१ गते हुने निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट बिनोद चौधरी र क्षेत्र नम्बर २ बाट कँडेललाई उम्मेदवारको रूपमा सिफारिस गरेको हो।
कँडेलका स्वकीय सचिव कमलकिशोर रायमाझीले राष्ट्रिय दैनिकसँग कुरा गर्दै टिकट पक्का भएको पुष्टि गरेका छन्।

पूर्व गृहराज्यमन्त्री कँडेलले यसअघि २०५१, २०५६ र २०७४ मा प्रतिनिधिसभा चुनाव जितिसकेका छन्। २०७९ को निर्वाचनमा राप्रपाका ध्रुवबहादुर प्रधानसँग पराजित भए पनि पार्टीभित्रको बलियो समर्थन र अनुभवका कारण उनलाई पुनः जितमुखी उम्मेदवारका रूपमा हेरिएको छ।

विशेष महाधिवेशनपछि कँडेलले गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। यसअघि देउवा पक्षीय केन्द्रीय सदस्य रहेका उनले पार्टी संगठन र निर्वाचन तयारीमा पनि सक्रिय भूमिका निभाएका छन्।

पश्चिम नवलपरासीमा दुई निर्वाचन क्षेत्र रहेको हुँदा कांग्रेसको यो निर्णयले पार्टीभित्र सर्वसम्मत समर्थनको संकेत गरेको विश्लेषकहरूले बताएका छन्। पार्टीले माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको छ।

कँडेलको अनुभव, संगठनमा पकड र निर्वाचन क्षेत्रसँगको बलियो सम्बन्धलाई दृष्टिगत गर्दै कांग्रेस कार्यकर्ताहरूले उनलाई जितमुखी र बलियो दावेदारको रूपमा लिइरहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot