काठमाडौँ ,५ माघ। निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि आचारसंहिता लागू भएको हो । निर्वाचन आचारसंहिता लागू भएसँगै अब सरकारी नियुक्ति, सरुवा र बढुवा पूर्ण रुपमा बन्द भएको छ । अर्थात, आचारसंहिता लागू भएपछि कुनै पनि सरकारी वा सार्वजनिक निकायमा नयाँ पद सिर्जना गर्न, नियुक्ति गर्न र सरुवा वा बढुवा गर्न नपाइने भएको छ । अत्यावश्यक हुँदा निर्वाचन आयोगसँग अनिवार्य अनुमति लिनुपर्नेछ । आचारसंहिता माघ ४ गते (आइतबार) रातीदेखि लागू भएको छ । आचारसंहिता सबै तहका सरकारी कार्यालय, सार्वजनिक संस्थान, विश्वविद्यालय, संघसंस्था तथा प्रतिष्ठान, राजनीतिक दल तथा उम्मेदवारका लागि लागू हुनेछ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।