बिनोद निगम / नवलपरासी , ४ माघ पश्चिम नवलपरासीमा लागुऔषधसहित दुई जना युवक र एक जना युवती पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासी पश्चिमबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ स्थित त्रिवेणी चोकमा सवारी चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। गत शुक्रबार अन्दाजी बिहान ११ बजेको समयमा GAA 0188 नम्बरको बसबाट ओर्लिएका व्यक्तिहरू शंकास्पद देखिएपछि शरीर तथा झोला खानतलासी गर्दा रितिक परियारले बोकेको कालो झोलाभित्र लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त झोलाबाट डायजेपाम (२ एमएल) – ३०९ एम्पुल,बुप्रेनोर्फिन – ३०९ एम्पुल,प्रोमोथाजिन हाइड्रोक्लोराइड – ३०९ एम्पुल गरी जम्मा ९२७ एम्पुल लागुऔषध बरामद गरिएको हो। पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. १२ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २ बस्ने २४ वर्षीया सृजना बल, सोही स्थान बस्ने अन्दाजी २५ वर्षीय रितिक परियार, तथा म्याग्दी धवलागिरी गाउँपालिका वडा नं. ४ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १६ बस्ने २१ वर्षीय रोहित घर्ती रहेका छन्। बरामद लागुऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी थप अनुसन्धान अघि बढाइएको छ। यस सम्बन्धमा नवलपरासी जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।