डाइजेपामसहित ठूलो परिमाणमा लागुऔषध बरामद, दुई युवक पक्राउ

बिनोद निगम / नवलपरासी , ४ माघ

पश्चिम नवलपरासीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन्। नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा अन्तर्गत लागुऔषध नियन्त्रण ब्युरो तथा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
गत शुक्रबार साँझ करिब ७ बजे रामग्राम नगरपालिका वडा नं. १० अन्तर्गत परासी–भैरहवा सडकखण्डमा सवारी चेकजाँचका क्रममा भैरहवाबाट परासीतर्फ आउँदै गरेको यूपी ४२ एस ६८१८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल रोकी जाँच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक रामग्राम नगरपालिका वडा नं. २ निवासी २६ वर्षीय विशाल हरिजन र पछाडि सवार सोही स्थानका २७ वर्षीय मोहमद सरिफले मोटरसाइकलको दाहिने लेगगार्डमा झुण्ड्याएको अम्बुजा प्लस लेखिएको पहेँलो झोलाभित्र कालो प्लास्टिकमा पोका पारी राखिएको अवस्थामा लागुऔषध लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा फेला परेको हो।

बरामद लागुऔषधमा डाइजेपाम (२ एमएल) – ३४७ एम्पुल,फेनेरागन – २४९ एम्पुल,बुप्रेनोर्फिन – ३०० एम्पुल
गरी जम्मा ८९६ एम्पुल रहेका छन्।

प्रहरीले लागुऔषधसहित १ थान मोटरसाइकल र २ थान मोबाइल फोन समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई नवलपरासी जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot