कपिलवस्तु, माघ ४ । नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय कमिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेको छ। विज्ञप्तिमार्फत क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्यायले निर्वाचन क्षेत्र नं. ३ का वीरेन्द्र कुमार कनोडिया नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेकोप्रति दुःख व्यक्त गर्नुभएको हो। विज्ञप्तिमा भनिएको छ, “वीरेन्द्र कुमार कनोडियाले नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेकोप्रति नेपाली कांग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमिति तथा यस क्षेत्रका विभिन्न तह र तप्काका कार्यकर्ताहरू खेद व्यक्त गर्दछौँ।” साथै, क्षेत्रीय कमिटीले सबै तहका नेता–कार्यकर्तालाई उच्च मनोबलका साथ विचलित नभई एकताबद्ध रहन आग्रह गरेको छ। केन्द्रबाट निर्णय भई आउने आधिकारिक उम्मेदवारलाई विजयी गराउन एकजुट भएर लाग्न समेत विज्ञप्तिमार्फत आह्वान गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।