सशस्त्र प्रहरी बल ३१ नं. गुल्मद्वारा त्रिवेणीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

आरपि उपाध्याय / पुर्वी नवलपरासी ,४ माघ

सशस्त्र प्रहरी बल ३१ नं. गुल्म हे.क्वा. पूर्वी नवलपरासीको आयोजनामा त्रिवेणी सुस्ता स्वास्थ्य चौकीमा आइतबार एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी कार्यक्रम तथा २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा आयोजित शिविरमा १२५ जनाको स्वास्थ्य परीक्षण गरी नि:शुल्क औषधि वितरण गरिएको थियो।


कार्यक्रम मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाका मेडिकल अधिकृत डा. आशिक थापाको अध्यक्षता तथा विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैधवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।


उपाध्यक्ष बैधवारले स्वास्थ्य सेवामा पारदर्शिता र विश्वासको आवश्यकता औंल्याउँदै त्रिवेणी मेलाको अवसरमा आयोजित शिविरप्रति गाउँपालिका कृतज्ञ रहेको बताउनुभयो। वडा नं. ७ का अध्यक्ष उमेश कार्कीले सशस्त्र प्रहरी बलले शान्ति–सुरक्षासँगै नागरिकको स्वास्थ्यमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।
जनस्वास्थ्य अधिकृत छबिलाल सुवेदीले त्रिवेणी मेलाका अवसरमा नेपाल–भारतका तीर्थालुहरू समेत लाभान्वित भएको उल्लेख गर्दै यसले सकारात्मक सन्देश सीमापारसम्म पुगेको धारणा राख्नुभयो।


कार्यक्रममा सशस्त्र प्रहरी बल त्रिवेणी बीओपी प्रमुख मङ्गल सिंह धामी, त्रिवेणी स्वास्थ्य चौकी प्रमुख रघुनाथ भट्टराईलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको जानकारी कार्यक्रम सञ्चालक सशस्त्र प्रहरी हवल्दार ज्ञानप्रसाद पाण्डेले दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot