रौतहट ,४ माघ। कानु हलवाई समाज महासंघ नेपालद्वारा मौलापुर बजारमा शनिबार भव्य जागरण सभा तथा सम्मान समारोह सम्पन्न भएको छ। नेपाल र भारत (बिहार)बाट आएका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिसहित हजारौँ कानु समुदायका नागरिकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष राजकुमार साह रहनुभएको थियो भने विशिष्ट अतिथिमा बिहार राज्यका विधायकहरू राधाचरण साह, सतिश कुमार साह, छोटी कुमारी साह तथा नेपाल सरकारका पूर्व मन्त्रीहरू ज्वाला साह र बाबुलाल साह सहभागी थिए।
सभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष साहले कानु समाजको संरक्षण, अधिकार र पहिचानका विषयमा गम्भीर बहस आवश्यक रहेको बताउँदै मौलापुर नगरपालिकाको नेतृत्वले विगतमा समाजका लागि गरेका कामको सार्वजनिक मूल्यांकन गर्नुपर्ने माग गर्नुभयो।
बिहारकी विधायक छोटी कुमारी साहले कानु समाज अब मौन बस्ने समय सकिएको भन्दै शिक्षा, राजनीतिक प्रतिनिधित्व र आर्थिक सशक्तीकरणमा संगठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। “नेपाल र भारतमा बसोबास गर्ने कानु समुदायका समस्या समान छन्,” उहाँले भन्नुभयो।
पूर्व मन्त्री बाबुलाल साहले समाजलाई विभाजन होइन, एकता र संगठनमार्फत अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। जागरण सभाले कानु समुदायको हकहित, पहिचान र अधिकारका लागि संगठित संघर्ष अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

