राजन कुमार बानिया/ पर्सा, माघ – पर्साको पटेर्वासुगौली र जिराभवानी गाउँपालिकामा एकै दिन दुईवटा आधुनिक कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन भएको छ। प्रमुख अतिथि कृषि तथा पशुपन्छी मन्त्री डा. मदन प्रसाद परियारले नयाँ भवनको फिता काटेर उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा मन्त्री परियारले कृषक र पशुपालकलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउन केन्द्र स्थापना गरिएको उल्लेख गर्दै, “पहिले गाउँपालिका भवनमा सञ्चालन हुने सेवा अब नजिकै उपलब्ध हुनेछ, जसले स्थानीय जनतालाई धेरै सुविधा पुर्याउँछ,” भन्नुभयो। नेपालका ६ प्रदेशका १७१ गाउँपालिकामध्ये हालसम्म ७४ पालिकामा यो योजना सम्पन्न भइसकेको जानकारी उहाँले दिनुभयो। नयाँ केन्द्रमा पशु उपचारका लागि औषधि र शल्यक्रिया उपकरण, किसानका लागि माटो परीक्षण सुविधा, कृषि उपकरण र बीउ–बिजन समेत उपलब्ध गराइएको छ। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश चौधरी, मन्त्री परियारकी धर्मपत्नी कलपना परियार, कृषि तथा पशुपन्छी केन्द्रीय निर्देशक डा. चन्द्र रिजाल, बर्दिवासका चिफ राजेश साह, र विभिन्न सरकारी प्रतिनिधिहरू उपस्थित थिए। साथै, उत्कृष्ट किसान र पशुपालकलाई घाँस काट्ने मेशिन र कृषि मोटर प्रदान गरेर सम्मानित गरिएको थियो। जिराभवानी गाउँपालिकामा समेत मन्त्री परियारले नवनिर्मित सेवा केन्द्र उद्घाटन गर्नुभयो। कार्यक्रम गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।