माघे औँसीमा त्रिवेणीधाममा भक्तजनको जनसागर, भारतबाट हजारौँ श्रद्धालु आगमन

बिनोद निगम / नवलपरासी ,३ पुस

पश्चिम नवलपरासीको महेशपुर नाका हुँदै आज भारतबाट हजारौँ श्रद्धालु पूर्वी नवलपरासीस्थित विनयी त्रिवेणीधामतर्फ पवित्र स्नानका लागि गइरहेका छन्। माघे नोहान अर्थात् माघे औँसीको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि त्रिवेणीधाममा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।

माघे औँसीको मुख्य स्नान भोलि आइतबार परेकाले समयमै त्रिवेणीधाम पुग्न श्रद्धालुहरू आजैदेखि यात्रामा निस्किएका हुन्। यसका कारण महेशपुर बसपार्क क्षेत्रमा उल्लेख्य भीड देखिएको छ। श्रद्धालुहरूको सुविधाका लागि बसपार्कबाट ८० भन्दा बढी सवारी साधन (बस) सञ्चालनमा ल्याइएको छ। भाडादर प्रतियात्री १०० रुपैयाँ कायम गरिएको जानकारी मध्य नेपाल यातायात र पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. महेशपुर शाखाले दिएको छ।

उता महेशपुर भन्सार कार्यालयका अनुसार सवारी साधनका लागि भन्सार दर कार ६०० रुपैयाँ, टेम्पु ४०० रुपैयाँ, पिकअप १ हजार ७०० रुपैयाँ र ट्र्याक्टर–टाली ८०० रुपैयाँ तोकिएको छ।

नेपालका विभिन्न जिल्लासँगै भारतका बिहार र उत्तर प्रदेशबाट आएका श्रद्धालुहरू मेला भर्न तथा पवित्र स्नानका लागि बिहानैदेखि त्रिवेणी क्षेत्रमा पुगिरहेका छन्। धार्मिक मान्यताअनुसार माघे औँसीका दिन त्रिवेणीधाममा स्नान गरी सूर्यको आराधना गरेमा मनोकामना पूरा हुने, पाप नाश हुने र पितृहरूले मोक्ष प्राप्त गर्ने जनविश्वास रहिआएको छ।

स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीका विभिन्न घाटहरूमा स्नानका लागि आवश्यक व्यवस्थापन मिलाइएको छ। घाटहरू सफा राख्ने, आवागमन सहज बनाउने तथा भीड व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको छ। कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालित छन्।

धार्मिक पर्वका कारण त्रिवेणी क्षेत्र वरपर अस्थायी व्यापारसमेत फस्टाएको छ। पूजासामग्री, खानेकुरा तथा दैनिक आवश्यकताका स्टल सञ्चालनमा आएपछि स्थानीय व्यापार व्यवसायमा चहलपहल बढेको छ। स्थानीय प्रशासनले श्रद्धालुहरूलाई शान्तिपूर्ण र सुरक्षित रूपमा स्नान तथा पूजाआजा सम्पन्न गर्न सहयोग गर्न सबैमा अनुरोध गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot