राजन कुमार बानिया पर्सा २ पुस प्रतिनिधि सभा निर्वाचन क्षेत्र-४ अन्तर्गत निर्वाचन प्रक्रिया व्यवस्थापन तथा सञ्चालनलाई प्रभावकारी बनाउन धोबीनी गाउँपालिका-४ लंगडीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, स्वतन्त्र तथा पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यका साथ उक्त कार्यालय स्थापना गरिएको हो। कार्यालय स्थापनासँगै उम्मेदवारी दर्ता, मतदाता नामावलीसम्बन्धी समन्वय, निर्वाचनसम्बन्धी प्रशासनिक तथा व्यवस्थापकीय कार्यहरूलाई व्यवस्थित रूपमा सञ्चालन गरिने जनाइएको छ। निर्वाचन अधिकृतको कार्यालयमा पर्साको मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिहरू समयमै, प्रभावकारी र सहज रूपमा अघि बढ्ने विश्वास लिइएको छ। निर्वाचन अधिकृतको कार्यालयले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गर्दै निर्वाचन आयोगद्वारा तोकिएको कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढाइने जानकारी दिएको छ। स्थानीय तहमा निर्वाचन व्यवस्थापन सुदृढ भएसँगै मतदाता सहभागिता अभिवृद्धि हुनुका साथै निर्वाचन प्रक्रिया थप विश्वसनीय र व्यवस्थित हुने अपेक्षा गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।