नेपाल प्रहरी श्रीमती संघद्वारा पोखरियामा २०० विपन्न महिलालाई न्यानो कम्बल वितरण

राजन कुमार बानिया/पर्सा, १ माघ

बढ्दो चिसोलाई मध्यनजर गर्दै नेपाल प्रहरी श्रीमती संघले नेपाल प्रहरीको सहयोगमा पर्साको पोखरिया नगरपालिकामा न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न गरेको छ।
पोखरिया नगरपालिका–स्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नबिना खत्री कार्कीको प्रमुख आतिथ्यमा २०० जना दलित, गरिब, अतिविपन्न, अशक्त तथा एकल महिलालाई न्यानो कम्बल वितरण गरिएको हो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, मधेस प्रदेश प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, नेपाल प्रहरी श्रीमती संघकी बरोडा बराल थपलिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले संयुक्त रूपमा कम्बल वितरण गर्नुभएको थियो।
नेपाल प्रहरी श्रीमती संघले जाडो मौसममा आर्थिक रूपमा कमजोर परिवारलाई राहत पुर्‍याउने उद्देश्यले देशका विभिन्न स्थानमा यस्ता मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मेयर दिपनारायण प्रसाद रौनियार, उपमेयर रुबी ठाकुर, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल, वडा अध्यक्ष लक्ष्मण साह कानु लगायत समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot