जिराभवानीमा माघी खिचडी महोत्सव तथा २६५० नयाँ वर्ष भव्य रूपमा सम्पन्न

राजन कुमार बानिया/पर्सा, १ माघ

पर्साको जिराभवानी गाउँपालिकामा माघी खिचडी महोत्सव तथा २६५० औँ थारु नयाँ वर्षको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जिराभवानी गाउँपालिकाको आयोजनामा गाउँपालिका–३ जितपुरस्थित नावकाटोला चोकमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
वडा नं. ३ का वडाध्यक्ष सुरुज राय थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। उहाँले दीप प्रज्वलन गरी महोत्सवको औपचारिक उद्घाटन गर्नुभएको थियो। सो अवसरमा प्रमुख अतिथिलाई ५१ किलोको फूलमालाले स्वागत गरिएको थियो।
कार्यक्रममा थारु समुदायको परम्परागत भेषभूषा, पौराणिक कालदेखि प्रयोग हुँदै आएका विभिन्न सांस्कृतिक सामग्रीहरूको प्रदर्शनी गरिएको थियो। साथै लोप हुँदै गएका थारु संस्कृति अन्तर्गतका झमटा, घाटो लगायतका परम्परागत गीत–नृत्य प्रस्तुत गरिएको थियो।
महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारहरू—माछा, घोंगी, हाँसको मासु, परेवा, केकडा (गगटा) लगायतका स्टलहरू आकर्षणको केन्द्र बनेका थिए।
कार्यक्रममा जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडाध्यक्षहरू रामशरण खवास, महादेव महतो, दारा सिंह राउत, राजेश्वर दास थारु, जसपा नेपालका नेता डा. कृपासिन्धु चौधरी, राजमन महतो, कार्यपालिका सदस्य सरोज चौरसिया, नन्दकिशोर साह कानु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
सांस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय थारु टिकटक स्टार मुस्कान चौधरी, निसा चौधरी, गायक नेपाली निरहुवा, खेम चौधरी, अस्मिता चौधरी तथा स्थानीय विद्यालयका विद्यार्थीहरूले विविध नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।
यसैबीच माघी तथा खिचडी महोत्सव पर्सा जिल्लाको वीरगञ्जस्थित स्विमिङ पुल क्षेत्र, पर्सागढी नगरपालिकाको बढनियार, सखुवाप्रसौनी गाउँपालिकाको पंचगावा लगायत अन्य स्थानहरूमा पनि उत्साहपूर्वक मनाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot