२५औँ सशस्त्र प्रहरी दिवसमा नेपाल–भारत मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

राजकुमार बानियाँ/ पर्सा, ३० पौष – २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल गुल्म भिखमपुरको आयोजना अन्तर्गत बुधबार सशस्त्र प्रहरी बल नेपाल भिखमपुर र भारतीय सीमामा रहेको एसएसबी ४७ वी बटालियन ईनार्वा टिमबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपाल सिमासुरक्षा गण हेडक्वाटर भिखमपुर विजयी भएको छ। प्रतियोगितामा भारतको ईनार्वा एसएसबी टिमलाई ३–२ गोलको हार दिँदै नेपाल विजेता भएको हो। कुल तीन खेलमध्ये पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेल भारतले जितेको थियो। तेस्रो खेलमा पुनः नेपाल विजयी भई अन्तिम स्कोर ३–२ कायम भयो।

विजेता टोलीलाई भारतीय ईनार्वा एसएसबीका प्रमुख कमाण्डर अभिनास पटेलले पुरस्कार वितरण गर्नुभएको थियो। उपविजेता टोलीलाई गुल्मका गणपति डीएसपी दिनेश अचार्यले मेडल वितरण गर्नुभयो।


प्रतियोगिताले नेपाल–भारतबीचको आपसी सद्भाव, समन्वय र मित्रतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ। प्रतियोगितामा भारतिय एसएसबी ईनार्वा ४७ वी बटालियनका कमाण्डर अभिनास पटेल, सशस्त्र प्रहरी बल गुल्मपती नायब उपरिक्षक डिएसपी दिनेश अचार्य, प्रहरी निरीक्षक हरिचन्द्र खड्का, प्रकाश बोहरा, गणेश सि राउत, जय बहादुर कार्की, टंक बहादुर राणा, भिमसिन केसी लगायत स्थानियहरूको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot