आरपि उपाध्याय / त्रिवेणी ,२८ पुस त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्था विनयी त्रिवेणी ६ को २४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन सोमबार सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष तारादेवी अधिकारी (पौडेल) को अध्यक्षता तथा विनयी त्रिवेणी वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा प्रमुख अतिथि शाहले राम्रा सहकारी संस्थाका पदाधिकारीहरुले असल नतिजा निकाली सहकारीलाई चलायमान बनाएका छन भने केही सहकारी संस्थाहरुमा सहकारी ऎन विरुद्ध काम गर्दा कानुनी दायरामा परि कालो सुचीमा परेको र त्यस्ता व्यक्तिहरु आगामी निर्वाचनमा उम्मेदवारी गर्ने तयारी गरेकोमा त्यस्ता खाले व्यक्ति र संस्था प्रति असल सहकारीहरु सचेत रहनुपर्ने धारणा राख्नुभयो। सो अवसरमा शुभलाभ बचत तथा ऋण सहकारी संस्थाकाअ अध्यक्ष प्रकाश कुवरले हालको समयमा नेपाली युवाहरुमा स्वदेशमा कम आकर्षण छ भनी विदेश जाने आकर्षण बढ्दो भएकोमा सहकारी संस्थाहरुले व्यवसाय र रोजगारीमूलक कार्यमा जोड दिदै युवा सशक्तीकरणलाई बढी ध्यान दिनुपर्ने बताउदै अध्यक्ष कुवरले सहकारीमा आबद्ध सेयर सदस्यहरू एक व्यक्ति एक संस्थाको अवधारणालाई लागू गर्न सकिए त्यसबाट राम्रो नतिजा प्राप्त गर्न सकिने जिकिर गर्नुभयो। कार्यक्रममा संस्थाकी अध्यक्ष तारादेवी पौडेलले आ.व.२०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वार्षिक गतिविधि प्रस्तुत गर्नुभयो। साधारणसभामा लेखा संयोजक सरस्वती तिमिल्सिना भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। “सदस्यहरुको गुणस्तरीय जीवनको लागि दिगो वित्तीय संस्था” भन्ने मुल नाराका साथ अगाडि बढेको संस्थामा हाल ६२९ सेयर सदस्य रहेको संस्थाकी व्यवस्थापक रम्भा सिंह ठकुरीले जानकारी दिनुभएको छ। कार्यक्रममा ज्येष्ठ सेयर सदस्य,उत्कृष्ट सेयर सदस्य,बाल बचतकर्ता,अनुशासित ऋणी,कृषि तथा पशुपालन तर्फ उत्कृष्ट सेयर सदस्यहरुलाई सम्मान गरिएको जानकारीमा आएको छ। संस्थाले गत आ.व. मा ३१ लाख ४० हजार १ सय १८ रुपैयाँ शुद्ध नाफा गरेको संस्थाद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ। साधारणसभामा संस्थाकी उपाध्यक्ष निर्मला देवी गैरे (घिमिरे), सेयर सदस्य राधा कार्की,निर्मला देवी क्षेत्री लगायतले आफ्नो धारणा राख्नुभएको थियो। अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ। जसको अध्यक्षमा सफला देवी नेपाल, उपाध्यक्षमा भगवती ढुंगाना,सचिवमा लेखमाया थापा,कोषाध्यक्षमा जानकी काफ्ले र सदस्यहरूमा रुकमिणी पौडेल, कमला पाण्डे,अम्बिका पङ्गेनी,सरस्वती तिमिल्सिना,सोममाया बि.क. चयन हुनुभएको छ। त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा दीपा श्रेष्ठ र सदस्यहरूमा तुल्सी बस्याल,देवी अधिकारी सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिले बताएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।