विशेष अदालतद्वारा ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना सिरहा ,२८ पुस सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फैसला सुनाउँदै साहलाई ६ महिना कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय तोकेको हो। न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले उक्त फैसला सुनाएको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिएका छन्। साहलाई असार ३२ गते कल्याणपुर नगरपालिका–६ मा नाला निर्माण योजनाको भुक्तानी चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो। यद्यपि, सोही मुद्दामा उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीलाई अदालतले सफाइ दिएको छ। विशेष अदालतको यस फैसलालाई सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूका लागि जवाफदेहिता र सुशासनको सन्देशका रूपमा हेरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।