सरावल गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न, पारदर्शिता र विकासलाई प्राथमिकता

राष्ट्रिय दैनिक / नवलपरासी ,२८ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले सोमबार गाउँ सभाको १७औँ हिउँदे अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको अध्यक्षतामा बसेको अधिवेशनले आर्थिक पारदर्शिता, सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ।

अधिवेशनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक–२०८२ सर्वसम्मत रूपमा पारित गरेको छ। सो विधेयक वडा नं. ४ का अध्यक्ष तथा पालिका प्रवक्ता सुरेशप्रसाद यादवले प्रस्तुत गर्नुभएको थियो। साथै विनियोजन ऐन र आर्थिक ऐन संशोधनसम्बन्धी प्रस्ताव गाउँपालिकाकी उपाध्यक्ष वास्मती हरिजनले सभामा पेश गर्नुभयो।


यसै अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले चालु आर्थिक वर्ष २०८२/०८३ को मध्यावधि प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाको आर्थिक अवस्था र सेवा प्रवाहको विवरण सार्वजनिक गर्नुभयो। उहाँका अनुसार संघ, प्रदेश, राजस्व बाँडफाँड तथा आन्तरिक स्रोतबाट गाउँपालिकाले २४ करोड ८६ लाख ४८ हजार ६८८ रुपैयाँ आम्दानी गर्दै ४६.३१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। खर्चतर्फ चालु तथा पुँजीगत गरी १३ करोड २५ लाख ३४ हजार २४४ रुपैयाँ खर्च भई २४.६८ प्रतिशत खर्च प्रगति भएको छ।


मध्यावधि अवधिमा गाउँपालिकाले १७ वटा उपभोक्ता समिति गठन गरी १७ वटा विकास योजना कार्यान्वयन गरेको छ। नागरिक सेवा प्रवाहतर्फ ३५८ जन्म दर्ता, १३७ मृत्युदर्ता, १५५ विवाह दर्ता तथा १५ सम्बन्धविच्छेद दर्ता भएका छन्। साथै, पहिलो त्रैमासिक अवधिमा मात्रै ३ करोड ७६ लाख ५० हजार ६४८ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।
अधिवेशनमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन वडा नं. ३ का वडाध्यक्ष फिरंगी प्रसाद चौधरीले प्रस्तुत गर्नुभएको थियो। सभासद्हरूले कृषि उपजको बजारीकरण, स्थानीय स्रोत–साधन र जनशक्तिको अधिकतम प्रयोग, तथा सेवा प्रवाहलाई अझ चुस्त बनाउनु पर्नेमा जोड दिएका थिए।


अधिवेशनपछि पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष सुखाडी प्रसाद चौधरीले १७औँ हिउँदे अधिवेशनले नीति, बजेट कार्यान्वयन र आर्थिक अनुशासनलाई सुदृढ बनाउने दिशामा स्पष्ट मार्गचित्र तय गरेको बताउनुभयो। उहाँले स्थानीय सरकार जनमुखी, उत्तरदायी र पारदर्शी ढंगले अघि बढिरहेको सन्देश अधिवेशनमार्फत प्रवाहित भएको उल्लेख गर्नुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot