तीन सन्तान जन्माउने परिवारलाई महिनाको चार हजार भत्ता

स्याङ्जा ,२८ पुस

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले जनसङ्ख्याको घट्दो दरलाई नियन्त्रण गर्न तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको छ। चालु आर्थिक वर्षदेखि लागू हुने गरी गाउँपालिकाले ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि–२०८२’ स्वीकृत गरेको हो।
गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाका अनुसार गाउँमा जनसङ्ख्या निरन्तर घट्दै गएकाले दीर्घकालीन जनसङ्ख्या सन्तुलनमा समस्या देखिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै परिवारलाई सन्तानप्रति सकारात्मक प्रेरणा दिन तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको उनले बताए।
कार्यविधिअनुसार गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने परिवारले चालु आर्थिक वर्षको साउनपछि तेस्रो सन्तान जन्माएमा प्रतिमहिना ४ हजार रुपैयाँका दरले दुई वर्षसम्म आर्थिक सहायता पाउनेछन्। सहायता लिन सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
यस कार्यक्रमले सुरक्षित सुत्केरी सेवामा पहुँच बढाउनुका साथै गाउँ रित्तिँदै जाने समस्या न्यूनिकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot