पर्सा, २८ पुस — नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाको ३६औँ उपशाखा वार्षिक साधारण सभा पर्साको पोखरिया नगरपालिकास्थित जिल्ला उच्च माध्यमिक विद्यालय, पोखरियाको सभाहलमा सम्पन्न भएको छ। साधारण सभामा उपशाखाका सचिव हिमाञ्चल साहले आर्थिक वर्ष २०८१/०८२ का लागि १० लाख ९१ हजार २ सय २३ रुपैयाँको आय–व्यय विवरण तथा आर्थिक वर्ष २०८२/०८३ का लागि ११ लाख ३८ हजार ८५ रुपैयाँको अनुमानित आय–व्यय बजेट प्रस्तुत गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि तथा पोखरिया नगरपालिकाका नगरप्रमुख प्रधुमन चौहानले नेपाल रेडक्रस सोसाइटीलाई पवित्र संस्था भन्दै उपशाखालाई यसअघि जस्तै आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, रेडक्रस पोखरिया उपशाखाको भवन निर्माणका लागि टाउन प्लानिङभित्र पाँच धुर जग्गा उपलब्ध गराउने घोषणा गर्नुभयो। उहाँले उपशाखाले रक्तदान, सरसफाइ तथा विभिन्न सामाजिक गतिविधिमार्फत उल्लेखनीय योगदान पुर्याउँदै आएको पनि बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री विनोद गिरीले आफू कक्षा ९ देखि रेडक्रससँग आबद्ध रहँदै आएको स्मरण गर्दै जहाँ रहे पनि रेडक्रसप्रतिको माया, प्रेम र सहयोग निरन्तर रहने धारणा राख्नुभयो। यसैगरी पोखरिया नगरपालिकाका वडा अध्यक्ष लक्ष्मण साह कानुले रेडक्रस पोखरिया उपशाखाको उन्नति र सशक्तिकरणका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो। कार्यक्रम पोखरिया रेडक्रस सोसाइटी उपशाखाका सभापति भगवान प्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण साह, प्रमोद गिरी, प्रदेशिक अस्पताल पोखरियाका अध्यक्ष उमेश चौहान, पानालाल पटेल लगायतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो। साथै, सशस्त्र प्रहरीका डीएसपी शम्भु कटवाल, ईप्रका पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल, सह–कोषाध्यक्ष शशिभूषण पटेल, सदस्य नेता गिरी लगायत कार्यसमिति, आजीवन सदस्य, साधारण सदस्य, सल्लाहकार, सुरक्षाकर्मी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।