सिंहासनमा ‘बादशाह’ अवतार: बंगलादेशी फिल्म हाङ्गोर मार्फत अन्तर्राष्ट्रिय फड्को मार्दै प्रमोद अग्रहरी

राष्ट्रिय दैनिक / काठमाडौं ,२७ पुस

नेपाली फिल्म क्षेत्रका सशक्त र भर्सटाइल अभिनेता प्रमोद अग्रहरीले अन्तर्राष्ट्रिय फिल्म बजारमा उल्लेखनीय फड्को मारेका छन्। आफ्नो दमदार अभिनयका कारण पहिचान बनाएका अग्रहरीले बंगलादेशी फिल्म उद्योग डलिउडमा डेब्यु गर्दै मुख्य भूमिकामा अभिनय गरेको बहुप्रतिक्षित फिल्म **‘हाङ्गोर’**को फर्स्ट लुक पोस्टर हालै सार्वजनिक भएको छ, जसले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ।

यसअघि सार्वजनिक गरिएको टिजरपछि अब सार्वजनिक पोस्टरमा अग्रहरी आक्रामक र इन्टेन्स ‘बादशाह’ अवतारमा देखिएका छन्। विलासी सिंहासनमा बसेका उनी वरिपरि लडेका मानिसहरूको बीचमा प्रस्तुत छन्। उनको पहिरन, लामो कपाल र अनुहारको भावभंगीले फिल्ममा उनी शक्तिशाली ग्याङस्टर वा नेगेटिभ लिडको भूमिकामा देखिने संकेत गर्छ। डार्क टोन र मासी भाइब्सले फिल्म पूर्ण रूपमा एक्सन–थ्रिलर जनरामा बनेको स्पष्ट पार्छ।
बिग शट क्रिएसनको ब्यानरमा निर्माण भएको यस फिल्मलाई तन्मय सुर्जो र उनको टिमले निर्देशन गरेका हुन्। फिल्मको कथा र पटकथासमेत निर्देशक सुर्जोकै रहेको छ। पोस्टरअनुसार फिल्म सन् २०२६ को इदमा रिलिज हुने तयारीमा छ।

फिल्ममा नेपालबाट प्रमोद अग्रहरीसँगै बंगलादेशी कलाकारहरूको बलियो उपस्थिति रहेको छ। ताहमिना अथोइ, अर्नब खान, इन्तेखाब दिनार, दीपा खन्दकार, आरजे निरब लगायतका कलाकारहरूको अभिनय रहने यस फिल्मलाई लिएर दर्शकमाझ ठूलो उत्साह देखिएको छ। सार्वजनिक टिजर र पोस्टरले हाङ्गोर भव्य निर्माण, सशक्त प्रस्तुति र उच्च प्रोडक्सन भ्यालुको संकेत दिएको छ।
नेपाली सिनेमामा छुट्टै पहिचान बनाएका प्रमोद अग्रहरीको यो अन्तर्राष्ट्रिय प्रवेशले नेपाली कलाकारको ग्लोबल उपस्थितिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot