पर्सा–३ मा नयाँ राजनीतिक बहसको उदय, परिणाममुखी नेतृत्वका रूपमा रुपेश पाण्डेयप्रति बढ्दो आकर्षण

राजन कुमार बानिया / पर्सा, २७ पुस

आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. ३ मा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। लामो समयदेखि परम्परागत शैलीको राजनीतिबाट आजित मतदाताहरू अहिले परिणाममुखी, जवाफदेही र जनमुखी नेतृत्वको खोजीमा देखिन्छन्। यही सन्दर्भमा व्यावसायिक पृष्ठभूमिबाट समाजसेवामा सक्रिय रुपेश पाण्डेय पर्सा–३ मा नयाँ आशा र अपेक्षाको केन्द्रका रूपमा उदाउँदै गएका छन्।
रुपेश पाण्डेयको राजनीतिक दर्शन “सानालाई माया, पूरानालाई सम्मान” भन्ने मान्यतामा आधारित छ। यही सोच र व्यवहारका कारण उनी दलगत सीमाभन्दा माथि उठेर युवादेखि व्यापारी, बुद्धिजीवीदेखि विभिन्न राजनीतिक दलका कार्यकर्तासम्म समान रूपमा स्वीकार्य नेता बन्दै गएका छन्। स्थानीयहरूका अनुसार पाण्डेयले प्रतिस्पर्धा होइन, सहकार्य र साझेदारीको राजनीति अभ्यास गर्दै आएका छन्।
राजनीतिक गालीगलौज, आरोप–प्रत्यारोप र व्यक्तिगत कटाक्षभन्दा टाढा रहेर पाण्डेयले विकास, नीति र समाधानमुखी एजेन्डालाई केन्द्रमा राख्दै मतदातासँग निरन्तर संवाद गरिरहेका छन्। “अबको राजनीति भिडन्त होइन, समस्या समाधान गर्ने प्रक्रिया हुनुपर्छ” भन्ने उनको दृष्टिकोणले उनलाई पर्सा–३ मा संयमित, परिपक्व र सकारात्मक राजनीतिक अनुहारका रूपमा चिनाएको छ।
स्थिर र सफल व्यवसायिक जीवनलाई थाती राखेर उनी राजनीतिमा होमिनुको मूल कारण समाजप्रतिको उत्तरदायित्व र परिवर्तनको चाहना भएको पाण्डेय बताउँछन्। व्यवसायमा हासिल गरेको विश्वसनीयता, व्यवस्थापन क्षमता र परिणाममुखी सोचलाई सार्वजनिक सेवामा प्रयोग गर्ने उनको प्रतिबद्धता मतदातामाझ भरोसाको विषय बनेको छ।
“पार्टीभन्दा जनता ठूलो हुन्छ” भन्ने मान्यतालाई व्यवहारमा उतार्दै पाण्डेय चिया पसलदेखि टोल–गल्ली, बजारदेखि गाउँबस्तीमा पुगेर नागरिकका समस्या सुन्ने, बुझ्ने र समाधान खोज्ने अभियानमा सक्रिय छन्। जनताको सहभागिताबिनाको परिवर्तन असम्भव हुने उनको विश्वासले उनी जनतासँग अझ नजिकिँदै गएका छन्।
नयाँ पुस्तालाई राजनीतिमा अगाडि ल्याउनुपर्ने उनको धारणा अर्को महत्वपूर्ण एजेन्डा हो। जेन–जी आन्दोलनपछि देशभर उठेको युवा नेतृत्वको आवाजलाई पर्सा–३ मा व्यवहारिक रूप दिने प्रयासमा उनी सक्रिय देखिन्छन्। पुराना अनुभव र नयाँ ऊर्जाबीच सन्तुलन आवश्यक भएको उनको दृष्टिकोणले युवामाझ विशेष आकर्षण बढाएको छ।
विकासका सवालमा पाण्डेयले पोखरिया, पकाहा, महुवन, चीपुरलगायत क्षेत्रका बजारलाई व्यवस्थित र आधुनिक बनाउने, कृषिमा प्रविधिकरण, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच, तथा धार्मिक स्थलको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन र रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राखेका छन्। राष्ट्रिय निकुञ्जसँग समन्वय गरी धार्मिक गन्तव्यलाई राष्ट्रियस्तरको आकर्षण बनाउने उनको भिजनलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।
पर्सा–३ अन्तर्गतका ७ स्थानीय तह र ३५ वडालाई समेट्ने एकीकृत दीर्घकालीन विकास योजनामार्फत आर्थिक, सामाजिक र पूर्वाधार सुधार ल्याउने उनको प्रतिबद्धता छ। विगतमा धेरै प्रतिनिधि निर्वाचित भए पनि अपेक्षित परिवर्तन नआएको यथार्थ औंल्याउँदै पाण्डेयले अब नेतृत्वको मूल्यांकन भाषण वा झण्डाबाट होइन, जनताको जीवनमा आएको परिवर्तनबाट हुनुपर्ने समय आएको बताएका छन्।
धर्म–संस्कृति संरक्षण, सामाजिक सद्भाव, सहकार्य र मेलमिलापलाई प्राथमिकतामा राख्ने दृष्टिकोणका कारण रुपेश पाण्डेयको छवि पर्सा–३ मा दिनप्रतिदिन मजबुत बन्दै गएको देखिन्छ। जनताको साथलाई नै सबैभन्दा ठूलो शक्ति मानेर अघि बढिरहेका पाण्डेय अहिले पर्सा–३ मा नयाँ सोच, सकारात्मक राजनीति र विकासको हुटहुटी बोकेका सम्भावित नेतृत्वका रूपमा स्थापित हुँदै गएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot