राजन कुमार बानिया/पर्सा, २६ पुस पर्सा क्षेत्र नं. ४ अन्तर्गतका विभिन्न गाउँबाट नेकपा एमाले, नेपाली कांग्रेस, जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सुशासन पार्टी परित्याग गरी सयौँ नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा आयोजित विशेष प्रवेश कार्यक्रममा जसपा नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु चौरसिया, पूर्व गाविस अध्यक्ष नेजामुदिन मियाँ, पूर्व वडाध्यक्ष महादेव चौरसिया, नेपाली कांग्रेसका शिवशंकर प्रसाद चौरसिया, नरेन्द्र राय तिवारी, राजेन्द्र प्रसाद चौरसिया, राजु प्रसाद पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ललन ठाकुर, सुशासन पार्टीका लक्ष्मण महतो लगायतका प्रभावशाली नेताहरू रास्वपामा प्रवेश गरेका हुन्। त्यसैगरी कालिकामाई गाउँपालिका–२ बाट नेकपा एमालेका मनमोहन प्रसाद चौरसिया, राजेश साह, अकलेश कुशवाहा, बृजमान सहनी, रामकलश सहनी, महेश प्रसाद चौरसिया, श्याम राउत गद्दी, अनिल कुमार चौरसिया सहित जेनजीका राजनिश चौरसिया, कृष्णा कुशवाहा, बिरेन्द्र प्रसाद साह, विजय कुमार चौरसिया, अविनाश चौरसिया, चन्देश्वर महतो कोइरी लगायतका युवाहरू पनि रास्वपामा आबद्ध भएका छन्। यसैगरी कालिकामाई गाउँपालिका–५ बाट नेपाली कांग्रेसका हिरो राउत कुर्मी, छविलाल प्रसाद राउत, राजु प्रसाद पटेल तथा जसपा नेपालका रमेश प्रसाद पटेल, छबिलाल राउत, शम्भु प्रसाद चौहान लगायतका नेताहरू पनि रास्वपामा प्रवेश गरेको जिल्ला सभापति हरि पन्तले जानकारी दिनुभयो। नवप्रवेशीहरूलाई रास्वपाका केन्द्रीय सदस्य नन्दन यादव, जिल्ला सभापति हरि पन्त, क्षेत्रीय सभापति जितेन्द्र मिश्र, जिल्ला उपसभापति तुल्सा पौडेल, नेता टेकबहादुर शाक्य, जिल्ला सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी लगायतले अबिर र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले यस प्रवेशसँगै पर्सा क्षेत्र नं. ४ मा रास्वपा अझ मजबुत बनेको उल्लेख गर्दै आगामी फागुनमा हुने निर्वाचनमा पार्टीका सबै उम्मेदवारलाई विजयी गराउन कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो। क्षेत्रीय सभापति जितेन्द्र मिश्रले पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य रहेको जानकारी गराउँदै आगामी निर्वाचनमा भारी बहुमतका साथ विजय हासिल गर्न सबैलाई सक्रिय भूमिका खेल्न आह्वान गर्नुभयो। रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गर्नुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।