गैडहवामा मानसिक स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम

तुलसीराम पौडेल /गैडहवा, पौष २४

सुनगाभा सामुदायिक विकास केन्द्रको आयोजना गैडहवा गाउँपालिकाको सहयोगमा गैडहवा -३ स्थित समयमाइ थान बिस्णुपुरामा मानसिक तथा स्वास्थ्य सम्बन्धि वृहत् जनचेतनामूलक कार्यक्रम  बिहीबार सम्पन्न भयो ।
गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले कार्यक्रमको उद्वाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले मानसिक स्वास्थ्य मानिसको महत्त्वपूर्ण अवस्था भएकोले यस बारेमा सचेतना फैलाउन आवश्यक रहेकोे बताउनु भयो ।
कार्यक्रम सुनगाभा सामुदायिक विकास केन्द्रका अध्यक्ष अमृता थापा मगरको अध्यक्षता तथा गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल ,गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्छु केवट लगायतले मानसिक स्वास्थ्य सम्बन्धि आ आफ्नो विचार राख्नुभएको थियोे ।
त्यसै अवसरमा ” आजको बालबालिका भोलिको आवश्यकता ,मानसिक स्वास्थ्य आजको आवश्यकता ”
विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगितामा हसनापुर माविका छात्र अंशु ठाकुर प्रथम ,जनजागृती माविका छात्र प्रदिप यादव दोस्रो ,जोगडा माबिका छात्रा सुरुची तिवारी तेस्रो र बिष्णु पूरा माबिका छात्रा ममता कलवार सान्त्वना भएका छन् ।
जोगडा स्वास्थ्यचौकीका प्रमुख बिष्णु  उपाध्यायबाट मानसिक स्वास्थ्य सम्बन्धि जानकारी प्रस्तुत ,सुनगाभा सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक गोपाल बहादुर केसीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सुनगाभा सामुदायिक केन्द्रका सामाजिक परिचालन अधिकृत प्रदिप केवटले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot