युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेस टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तु | पुस २५
नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल बनाउन कपिलवस्तुका युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान गरेको छ।
युवाहरूलाई नेतृत्वमा अघि सार्दै पार्टीभित्र लोकतन्त्रको संरक्षण र संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित टोली राजधानीतर्फ लागेको नेता केसीले जानकारी दिनुभयो। नेपाली कांग्रेसको विशेष महाधिवेशन यही महिनाको २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ। उक्त महाधिवेशनमा सहभागिता जनाउन कपिलवस्तुबाट दलबलसहितको टोली काठमाडौंतर्फ प्रस्थान गरेको हो।
टोलीमा नेपाली कांग्रेसका स्थानीय तथा जिल्ला स्तरका नेता, महाधिवेशन प्रतिनिधि, भातृ संगठन तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।
नेता केसीका अनुसार विशेष महाधिवेशन पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसर भएकाले कपिलवस्तुबाट व्यापक सहभागिता जनाइएको हो।
“पार्टीभित्र युवाहरूको सक्रिय भूमिका सुनिश्चित गर्न, संगठन बलियो बनाउन र लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ मजबुत बनाउने विषयमा यो विशेष महाधिवेशन निर्णायक हुनेछ,” उहाँले भन्नुभयो।
टोलीको सहज यात्राका लागि बसको व्यवस्था गरिएको छ। यात्राका क्रममा संगठनात्मक छलफल, महाधिवेशनमा उठाइने एजेन्डा तथा कपिलवस्तु जिल्लासँग सम्बन्धित समसामयिक विषयहरूमा आपसी परामर्शसमेत गरिने जनाइएको छ।
विशेष महाधिवेशनलाई लिएर कपिलवस्तुमा पनि उत्साहपूर्ण माहोल देखिएको छ। पार्टी नेतृत्व, नीति तथा भावी कार्यदिशासम्बन्धी महत्वपूर्ण निर्णय हुने अपेक्षासहित काठमाडौं पुगेको टोलीले महाधिवेशनमा प्रभावकारी भूमिका खेल्ने विश्वास स्थानीय कांग्रेस कार्यकर्ताहरूले व्यक्त गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot