वडा अध्यक्ष गंग खड्काद्वारा आगलागी पीडितलाई १ लाख ५० हजार आर्थिक सहयोग

दोरेन्द्र खड्का | बझाङ,२५ पुस

बझाङ जिल्लाको सदरमुकाम चैनपुर बजारमा आज बिहान भएको भीषण आगलागीबाट प्रभावित पीडित परिवारलाई जयपृथ्वी नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष गंग खड्काले आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
वडा अध्यक्ष खड्काले वडाको तर्फबाट १ लाख रुपैयाँ र आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ गरी जम्मा १ लाख ५० हजार रुपैयाँ आगलागी पीडित परिवारलाई सहयोग गर्नुभएको हो।
आज बिहान करिब ९ बजेतिर चैनपुर बजारमा किशोर खड्काको शिरक–डस्ना (ओढ्ने–ओछ्याउने) पसलमा अचानक आगलागी भएको थियो। आगलागीका कारण पसलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीको कारण खुल्न नसके पनि विद्युत सर्ट सर्किट हुन सक्ने आशंका गरिएको छ।
घटनाको जानकारी पाउनासाथ स्थानीयवासी, सुरक्षाकर्मी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घना बस्ती रहेको बजार क्षेत्रमा आगो अन्य पसल तथा घरमा फैलिन सक्ने जोखिम रहे पनि समयमै दमकल पुगेकाले ठूलो क्षति हुनबाट जोगिन सकिएको स्थानीयले बताएका छन्।
आर्थिक सहयोग हस्तान्तरण गर्दै वडा अध्यक्ष गंग खड्काले विपद्को घडीमा पीडितको साथमा उभिनु सबैको दायित्व भएको बताउनुभयो।
“यस्तो विपद् जुनसुकै बेला, कसैलाई पनि पर्न सक्छ। पीडित परिवार अहिले ठूलो समस्यामा छ, त्यसैले यस कठिन घडीमा सबैको सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो।
उहाँले स्थानीय सरकार सधैं जनताको साथमा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै अन्य संघ–संस्था, राजनीतिक दल, व्यवसायी, समाजसेवी तथा आम नागरिकलाई पनि आ–आफ्नो हैसियतअनुसार सहयोग गर्न आग्रह गर्नुभयो।
आगलागीबाट रोजीरोटी गुमाएका पीडित परिवारले सहयोगप्रति आभार व्यक्त गर्दै पुनः व्यवसाय सञ्चालनका लागि थप सहयोग अपरिहार्य रहेको बताएका छन्। स्थानीय सरोकारवालाहरूले पनि पीडितको राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग जुटाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot