शिक्षा र राजनीतिमा सक्रिय रोहित गौँड, २०८४ मा वडा अध्यक्षको तयारीमा

राष्ट्रिय दैनिक / नवलपरासी ,२४ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ गोबरहिया निवासी रोहित गौँड करिब एक दशकदेखि शिक्षा र राजनीतिमा सक्रिय रहँदै आएका शैक्षिक–राजनीतिक व्यक्तित्व हुन्।

गौँडले करिब १० वर्षअघि राजनीतिमा प्रवेश गर्दै साधारण सदस्यका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। उनले वि.सं. २०६६ सालमा लोकतान्त्रिक फोरमबाट सक्रिय राजनीति प्रारम्भ गरेका हुन्। त्यसपछि २०६९ सालमा नेकपा एमालेमा प्रवेश गरी पार्टी संगठनमा क्रियाशील रहे।

राजनीतिक यात्राकै क्रममा २०७४ सालमा नेकपा एमाले सरावल गाउँपालिका सचिवको जिम्मेवारी सम्हालेका गौँडले संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले नेकपा माओवादी केन्द्रबाट सरावल–४ वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका भए पनि पराजित भएका थिए।

हाल रोहित गौँड नेपाली कम्युनिष्ट पार्टीमा सक्रिय रहँदै आएका छन्। राजनीतिसँगै शिक्षा क्षेत्रमा पनि उत्तिकै योगदान पुर्‍याउँदै आएका गौँड रोशन ज्योति बोर्डिङ स्कुल, गोबरहियाका प्रधानाध्यापकका रूपमा कार्यरत छन्। साथै, उनी नेशनल प्याप्सन नवलपरासी जिल्लाका अध्यक्षसमेत रहेका छन्।
शिक्षा र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आएका रोहित गौँडलाई स्थानीयस्तरमा एक शैक्षिक तथा राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छ।

आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका आकांक्षी उम्मेदवारका रूपमा उनी पुनः तयारीमा जुटेका छन्। पछिल्लो समय शिक्षा, सामाजिक सेवा र राजनीतिक सक्रियताका कारण सरावल–४ वडामा उनको चर्चा बढ्दो रहेको स्थानीयवासी बताउँछन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot